आइतवार, भदौ २३, २०८१
Sunday, September 8, 2024

बन्दले चन्दा उठाएर हिडाएको विरामी अस्पताल जान पाएन

पूर्णपुष्टि/उदयपुर, साउन २९ गते ।

पार्टी प्रवक्क्ता पक्राउ परेको विरोधमा नेकपा माओवादी विप्लब समुहले गरेको नेपाल बन्दको कारण यहाँ एक गम्भिर अवस्थाका विरामीले अस्पतालसम्म जान पाएनन् ।

बन्दका कारण उदयपुरमा सवारी साधन नचल्दा खोटाङको खोटेहाङ गाउँपालिका ४, थामखर्कका विरामी १४ वर्षिय सुमन परियारले अस्पताल लान नपाएको बुवा नेत्र परियारले बताउनुभयो ।

खोटाङदेखि भरतपुर चितवन अस्पताल लैजान हिजो साँझ गाईघाट ल्याइपुर्याईएका उनलाई सार्बजनिक बसमा लैजाने तयारी भएको थियो । एम्बुलेन्स छुट्टै रिजर्भ गर्नसक्ने हैसियत नभएको विरामी बालकको परिवारले गाउँमा सामान्य चन्दा संकलन गरेर उपचारमा हिडाएको जनाएको छ ।

https://www.youtube.com/watch?v=2K3nG4APxWs

“विहानै लैजाने तयारी गरेपनि गाडी नचलेपछि बस्न बाध्य छौ ।” बुवा नेत्रले बताउनुभयो । पहिलो प्यारालाईसिस जस्तो समस्या देखिएका बालकको सरसफाईको कमीले शरीर भरी खटिरा आएको र अहिले फैलिएको छ । इन्फेक्सन भएर घाउ गहिरिनुका साथै फैलिएको घाउ पुरै दुर्गन्धित र पोलेको अवस्थामा छ । घाउले पोल्ने र अत्याधिक पिडा हुने विरामी बालक सुमनले बताउनुभयो । बालकको शरीरभरी नै घाउ रहेकाले कपडा लाउने अवस्थासम्म छैन ।

चितवन अस्पताल लैजान नपाएपछि जिल्ला अस्पताल उदयपुरमा प्राथमिक उपचार गरिएको छ । बुधबार विहानै लैजाने तयारी गरिएको विरामी स्थानीय एक लजमा कष्टपूर्ण ढंगले बसेका छन् ।

बन्दका कारण छोरोलाई अस्पताल पुर्याउन नपाएको गुनासो गर्दै बालकका बुवा नेत्रले यस्ता बन्दले हुनेखाने भन्दा गरिब, निमुखा नै पिडित बन्नुपरेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0