Wednesday, July 1News That Matters

बन्धक बनाएर महिलालाई हत्या गर्ने माझी पक्राउ

पुर्णपुष्टि,असोज २० 

बैशाख ३० देखि बन्धक बनाएर महिला हत्या गर्ने विनय माझीलाई प्रहरीले पक्राउ गरेको छ । माझी महिलालाई हत्या गरी फरार रहेको थियो । सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका–११ बडेगाउँका ३५ वर्षीय विनय श्रेष्ठ भन्ने विनय माझीललाई सोमवार प्रहरीले पक्राउ गरेको हो ।

माझीलाई महानगरीय अपराध महाशाखा, काठमाडौंको टोलीले हेटौंडा उपमहानगरपालिका–१४ नयाँ बस्तीबाट नियन्त्रणमा लिएको हो ।

अनुसन्धानको क्रममा विनयले मृतक पम्फालाई बन्धक बनाएको स्थानीयले खबर गरेपछि जेठ ५ गते सोही कोठाको खाटमा महिलाको शव भेटिएको थियो । कोठाको बाहिरबाट ताला लगाइएको थियो ।

माझीले ०७६ साल जेठ ५ गते काठमाडौँ कागेश्वरी मनहरा नगरपालिका(९ गोठाटारस्थित एक टहरोमा सिन्धुपाल्चोक घर भई जोरपाटी बस्ने ३६ वर्षीय पम्फा श्रेष्ठको हत्या गरेर फरार भएको महाशाखाका प्रमुख, एसएसपी दीपक थापाले बताउनुभयो ।