
पूर्णपुष्टि, असोज २०
एक भर्चुअल कार्यक्रम गरि अर्जुन घिमिरेको अध्यक्षतामा २१ सदस्यीय अन्तर्राष्ट्रिय नेपाली सेवा समाजको गठन भएको छ ।
नव गठित समितिका बरिस्ठ उपाध्यक्षमा श्याम सुवेदी, महिला उपाध्यक्षमा नितुु खतिवडा चयन भएका छन् भने एसिया, युरोप, दक्षिण अमेरीका, उत्तर अमेरीका, अष्ट्रेलिया र अफ्रिका महादेशको क्षेत्रीय उपाध्यक्षहरुमा क्रमशः ईश्वर कुमार राई, डा. स्वामी कृष्ण, शुरेशचन्द्र भट्टराई, डा. श्याम कृष्ण थापा, शंकर भट्टराई, झलक बुढाथोकीले गर्ने निर्णय भएको छ ।
त्यसै गरि महासचिवमा साहित्यकार अर्जुन श्री, सह–महासचिवमा साहित्य अनुरागी तथा अनुसन्धानकर्ता किशोर सुब्बा, सचिवमा साहित्यकार सोम अनुराग बस्नेत र सुप्रिया घिमिरे तथा कोषाध्यक्ष र सह–कोषाध्यक्षमा क्रमशः प्रभाकर बिक्रम निरौला र उमेश राउत चयन भएका छन ।
त्यसैगरि सदस्यहरुमा अर्थशास्त्री बाशुदेव खनाल, सुकराज गुरुङ, साहित्यकार तथा लेखक चन्द्र कुमार फुँयाल, भागिरथ अधिकारी, सुवर्ण लामा, दुर्गा राई र कुशुम गुरुङ चयन भएका छन ।
साथै नव गठित संस्थाको सल्लाहकार समितिमा प्रा. डा. टंकनाथ शर्मा, प्रा. डा. मोतिलाल घिमिरे, प्रा.डा. पुष्प दमाई, सह प्रा.डा. श्याम शर्मा, सह प्रा.डा. नारायण गैरे, साहित्यकार तथा उप प्रा. महेश पौडेल, भाषाविद डा. तारामणी राई, डा. पुस्पा घिमिरे र साहित्यकार टंक आले मगर रहेका छन ।
त्यसैगरि संस्थाले बिज्ञान तथा प्रबिधि समिति समेत गठन गरि डा. किस्मत भण्डारीलाई संयोजन चयन गरेको छ ।
देश तथा बिदेशमा छरिएर रहेका नेपालीहरुको अनुभव, सीप, ज्ञान र दक्षतालाई एकीकृत गरी नेपाल र नेपालीको सर्वोपरि हितमा काम गर्दै नेपालको विभिन्न क्षेत्रको अध्ययन, अनुसन्धन र चिन्तन गरि नेपाली भाषा, साहित्य, रितिरीवाज संरक्षण, प्रबर्द्धन तथा नेपाली स्रोत, साधन, सम्पदा, पर्यटन साथै कृषिजन्य उत्पादनको प्रबर्द्धन गर्ने उद्देश्यका साथ अन्तर्राष्ट्रिय नेपाली सेवा समाज गठन गरिएको यस संस्थाका परिकल्पनाकार, लेखक, प्राध्यापक, साहित्यकार तथा नव निर्वाचित अध्यक्ष घिमिरेले बताउनुभो ।
लामो समय देखिको छलफल, गृहकार्य र परामर्श पश्चात विभिन्न बिधामा दक्षता हासिल गरेका अग्रजहरुको मार्ग दर्शन, परामर्श र संलग्नताबाट अन्तर्राष्ट्रिय नेपाली सेवा समाज स्थापना भएकोले यस संस्थाको उद्देश्यको उचाईसम्म पुगेर नेपाल र नेपालीहरुको गर्व गर्न लायकको संस्था बन्ने संस्थाका परिकल्पनाकार तथा नब निर्वाचित महासचिव अर्जुन श्रीले बताउनुभयो ।
संस्थाको औचित्य र उद्देश्य असाध्यै राम्रो भएकोले निरन्तर लाग्न प्रा.डा. मोतिलाल घिमिरेले सुझाव दिनुभयो । त्यस्तै प्रा.डा. नारायण गैरेले युवा पुस्ताले देश तथा बिदेशमा रहेरका नेपालीहरुलाई समेट्दै बृहत सोचका साथ संस्था स्थापना गर्नु धेरै राम्रो कार्य भएकोले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभो ।
त्यसैगरी साहित्यकार तथा उप.प्रा. महेश पौडेल, साहित्यकार तथा चित्रकार टंक आले मगर लगायतका दिग्गज ब्यक्तिहरुले आफ्नो सुझाव तथा शुभकामना दिएका थिए ।

