Wednesday, April 22News That Matters

बन डढेलोबाट बचाउन अनुरोध गर्दै पन्चेबाजा र्याली

पूर्णपुष्टि, ५ चैत्र ।

डिभिजन वन कार्यालय गाईघाटले बनलाई डढेलोबाट बचाउन अनुरोध गर्दै पन्चेबाजा र्याली गरेको छ । सोमवार कार्यालयबाट पन्चेवाजा सहित निस्किएको र्याली बोक्से, करमगाछी, नयाँवस्ती, सँगम टोल हुँदो पिपलचोकमा कोणसभा गरिएको थियो ।

कार्यालयका वन अधिकृत डा. इन्द्र प्रसाद सापकोटाले बन जंगल रहे मानव जिवन रहने जनाए । पहिले मानव सचेत वन्नु पर्छ, जंगललाई मानवले नै बचाउने हो अनि जंगलले फेरी मान्छेलाई बचाउँछ, सापकोटाले भने,” । सापकोटाका अनुसार उदयपुर जंगलबो बिचमा रहेको हुँदा जंगल र वस्तीहरुलाई जोगाउने काम गर्नु पर्ने जनाए । उनले सबै नागरिकहरु वन बचाउन सचेत बन्नु पर्ने भन्दै कहि कतै जंगलमा आगो लगाएर बन जंंगल र मानव अस्थित्व मेट्न प्रयास नगर्न अनुरोध गरे ।

यसले बन जंगलमा रहेको बन्यजन्तुहरुलाई पनि मास्ने हुँदा मानव जिवन सहज बनाउन बन बचाउनु पर्ने जनाए । सहायक वन अधिकृत जागेश्वर साहले बन डढेलो सचेतना सप्ताह २०८० को उपलक्षमा पञ्जेवाजा र्यालीली नागरिकहरुलाई सचेत बनाएको छ । बिभिन्न वन समुदायहरुको उपस्थितिमा डिभिजन बन कार्यालय गाईघाटले एक हप्ते डढेलो सप्ताह मनाईरहेको छ । सोमावर भने पञ्चेवाजा सहित सचेतना फैलाईएको जनाईएको छ । रुख रोपौँ बन जोगाऔँ हाम्रो अभियान अन्तर्गत सुख्खा यममा बनलाई डढेलोबाट जोगाऔँ, प्राकृतिक जडीबुटी बास स्थान बचऔँ, जगाऔँ संस्कृति, बचऔँ प्रकृति, वनलाई डढेलोबाट बचऔँ भन्न बिभिन्न नारासहित एक हप्ते डढेलो सप्ताह संञ्चालन भैरहेको छ ।