
उदयपुर, भदौ २८ गते ।
जिल्ला अदालतले बन मुद्दाको कसुरमा एक महिना छ दिन कैद पैmसाला सुनाएको फरार प्रतिबादी पक्राउ परेको छ । त्रियुगा नगरपालिका–७ निबासी ५० वर्षीय टोपबहादुर दनुवार चौदण्डिगढीबाट पक्राउ परेको हो ।
जिल्ला प्रहरी कार्यालयबाट खटेका टोलीले दनुवारलाई चौदण्डिगढी नगरपालिका–९ इकरा टोलबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका दनुवारलाई जिल्ला अदालतमा उपस्थिति गराई कैद भुक्तानको लागि कारागार चलान गरेको प्रहरीले जनाएको छ ।
