
संखुवासभा, भदौ २८ गते ।
संखुवासभाको मकालुमा अरुण थर्डको एक कामदार नुहाउने क्रममा खोलमा डुबेर मृत्यु भएको छ । मकालु गाउँपालिका–५ को अरुण थर्ड शाखा एस्एमराज कम्पनीमा कायएरत दिलिप थापाको मृत्यु भएको हो ।
गत बेलुकी रात माटे खोलामा पौडी खेल्ने क्रममा डुबेर खोटाङको दिप्रुङ चिचुम्बा गाउँपालिका–६ निबासी ३५ वर्षीय थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको जनाकारी पाउनासाथ प्रहरी घटना स्थल पुगी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
