
उदयपुर, भदौ २८ गते ।
नेपाल आयुर्वेद औषधी व्यवसायी संघ उदयपुरको प्रथम जिल्ला अधिवेशन गाईघाटको होटल यलम्वरमा शनिबार भएको छ ।
केन्द्रमा पहिलेदेखि नै संघ स्थापना भएपनि प्रदेश र जिल्लाहरुमा बाँकी थियो । राज्यको नयाँ संरचना अनुसार संघको प्रदेश कमिटी गठन गरेपश्चात जिल्लामा गठन थालिएको १ नं प्रदेश कमिटीका अध्यक्ष जगत भट्टराईले बताए ।१ नं प्रदेशको सुनसरी, मोरङ, झापामा संघ स्थापना भइसकेको र यसै शिलशिलामा उदयपुरमा पनि संघ गठनका लागि अधिवेशन आयोजना गरिएको उनले बताए ।
आयुर्वेध औषधी व्यवसायीहरु राज्यबाट अपहेलित भएको भन्दै गतिलो र भरसिलो नीति नियम बनाउनु पर्ने व्यवसायीहरुले बताएका छन् । सामान्य औषधीको अधिकारसमेत राज्यले नदिएकोमा गुनासो गर्दै उनीहरुले अव राज्यले विरामीको हितमा व्यवसायीलाई सहज काम गर्ने वातावरण बताइदिनु पर्ने माग राखे । आयुर्वेद औषधीका कारण थुप्रै जटिल बिरामीहरुको पनि सरल उपचार भइरहेको दावी गर्दै उनीहरुले सहज उपचारको वातावरण मिलाउनु पर्ने माग गरे ।
सगरमाथा अञ्चल आयुर्वेद औषाधलयका प्रमुख डा. सञ्जिव यादवको प्रमुख आथित्यमा भएको कार्यक्रम सम्राट आयुर्वेद औषाधलय गाईघाटका संञ्चालनक अनिल केशीको अध्यक्षतामा भएको थियो । अधिवेशनले जिल्ला कार्यसमिति चयन गर्ने बताइएको छ ।
