बन मुद्धाका फरार प्रतिवादी उदयपुरगढीका ५८ बर्षिय खड्का ४ बर्ष पछि फक्राउ

पूर्णपुष्टि, पुष ७
बन मुद्धामा फरार रहेका उदयपुरगढी भमरेका ५८ बर्षिय भक्त बहादुर खड्कालाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको छ । बिभिन्न मितिमा फैसाला भई कैद तथा जरिवाना सुनाएको खड्कालाई प्रहरीले ४ बर्ष पछि पक्राउ गरेको हो ।

खड्कालाई २०७४/११/१५ गतेको फैसालाले १ महिना कैद र ३५ लाख जरिवाना तोकेको थियो । तर खड्काले जरिवाना तथा जेल भुक्तान गर्नुका सट्टा फरार अवस्थामा लुकिछिपि वस्दै आईरहेका थिए ।
उनलाई बिषेश सूचनाको आधार प्रहरीले घर नजिकैको वतन बाट पक्राउ गरेको उदयपुरका प्रहरी प्रमुख एसपी सुवासचन्द्र वोहोराले जानकारी दिए । खड्कालाई पूनः कार्वाहीको लागि अदालत पठाईएको एसपी बोहोराले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: