पूर्णपुष्टि/उदयपुर, जेठ २५ गते
-पछिल्लो ६ महिनामा उदयपुरमा बम विष्फोटदेखि बलात्कारसम्मको करिब तीन दर्जन घटनाह घटेको एक तथ्यांकले देखाएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) उदयपुरले शुक्रबार नेपाल मानव अधिकार बर्ष पुस्तक २०१९ मा समेटिने घटनाहरुको पूर्व समीक्षा कार्यक्रममा यस्तो तथ्यांक देखाएको हो । मानव अधिकार उल्ल्ङघन तथा ज्यादतीका घटनाहरु ३० वटा घटनाहरु घटेको तथ्यांकले देखाएको छ ।
घटनाहरुमध्ये वम विस्फोटबाट बालक घाईते १, घरेलु हिंसा ९, महिला बलात्कार तथा बलात्कारका प्रयास ९, बालिकामाथि बलात्कार र बलात्कार प्रयास ५, अपहरणपछि बालिका बलात्कार १, वहुविवाह २, कर्मचारीमाथि दुव्र्यवहार २ र जनप्रतिनिधिमाथि दुव्र्यवहार १ वटा रहेको जनाइएको छ ।
यसैविच राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय जनकपुरले शुक्रबार नै जिल्लाको मानव अधिकारको अबस्था बारे विश्लेषण कार्यक्रम गरेको छ ।
कार्यक्रममा सहभागिहरुले इन्सेकको बर्षपुस्तक मानवअधिकार सम्बन्धी गतिलो दस्तावेज भएकाले समेटिने घटना सत्यतत्यमा आधारित रहनु पर्नेमा जोड दिए । ग्रामिण क्षेत्रमा भएका घटनाहरु अझै वाहिर आउन नसकेकाले तिनीहरुलाईसमेत सार्वजानिक गरिनु पर्ने बताए ।