
बिक्रम राई
उदयपुर, चैत्र/१९
त्रियुगा मावि बरुवा क्याम्पसमा किरात राई विद्यार्थी इकाई कमिटी गठन भएको छ । किरात राई विद्यार्थी संघ जिल्ला कार्यसमितिले जिल्लाभरी संञ्चालन गरिरहेको सो अभियानमा मंगलबार बरुवा क्याम्पसमा पनि व्याचुलर र प्लस्टु को छुटछुटै ईकाइ कमिटी गठन गरेको हो ।
कमिटीमा ब्याचुलर तर्फ गणेश राईको अध्यक्षतामा ८ कार्यसमिति गठन भएको छ, भने प्लस्टु तर्फ सुजन राईको अध्यक्षतामा १२ सदस्य सहितको कमिटी गठन भएको छ ।
ब्याचुलर तर्फ गणेश राई अध्यक्ष, संगिता राई उपाध्यक्ष, बबु राई कोषाध्यक्ष, संगिता राई सचिव, रचना राई सहसचिव र सदस्हरुमा कमला राई, रमना राई, बविता राई र मनिसा राई रहेका छन् । यस्तै प्लस्टु तर्फ सुजन राई अध्यक्ष, सुरेन्द्र राई उपाध्यक्ष, प्रेम कुमार राई कोषाध्यक्ष, निसा राई सचिव, मेनुका राई सहसचिव, र सदस्यहरुमा अस्मिता राई, इन्द्र राई, रबिता राई, निर्मला राई, कल्याण राई, रिमा राई, देविना राई, र कौसिला राई रहेका छन् ।
यसरिनै जिल्लाको चौनपा बेल्टारमा पनि इकाई कमिटी गठन गरिएको छ । बेल्टारको २ ओटा जोति उच्च मावि क्याम्पस र जोति बहुमुखी क्याम्पसमा पनि मंगलबार कमिटि गठन गरिएको किरात विद्यार्थी संघ जिल्ला कार्यसमितिका अध्यक्ष इसाक राईले बताए ।
किरात विद्यार्थीहरुको हकअधिकार सँगै शिक्षा, अवसर, क्षमताका साथै उनिहरुको भाषा, संस्कृति, पहिचान सँग सम्बन्धि क्षमता बृद्धिको निमित संगठनको महत्व रहेको संगठन प्रमुख आशिस राइले जानकारी दिए ।
यसैगरी जिल्ला कार्यसमितिका कोषाध्यक्ष रोजीना राईले किरात राई विद्यार्थीहरुले पाउने अवसर, कोटा, क्षमता सेवा सुविधाहरु असुरक्षित हुदै गईरहेको कुरालाई सजग गराएकी छिन् ।
उनिले आफ्नो अधिकार संरक्षण र सुरक्षित गराउन संगठनले ठुलो भुमिका खेल्ने कुरामा जोड दिईदै गठित कमिटीले यसको ठुलो भुमिका खेल्ने कुरमा जोड दिईन् ।
कार्यक्रममा बरुवा इकाई कमिटी अध्यक्ष तथा जिल्ला कार्यसमिति सदस्य बिक्रम राई, दिपक राई र रेनुका राईले समेत संगठनको महत्व दर्साएका थिए । उनिहरुले नयाँ इकाई समितिलाई कार्यसफलताको सुभकामना समेत दिए ।
किरात विद्यार्थी संघ जिल्ला कार्यसमितिको सचिवालय बैठक अनुसार जिल्लाभरी नै संगठन विस्तार अभियान चलिरहेको छ । बेल्टार, गाईघाट र कटारी सबै क्षेत्रमा अभियान संञ्चालन भईरहेको समितिले जनाएको छ ।