Thursday, April 23News That Matters

बरुवा सामुदायिक वन उपभोक्ता समितिको अध्यक्षमा भोजराज गुरागाई

पूर्णपुष्टि, बैशाख १६ । उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्से बरुवा सामुदायिक वन उपभोक्ता समितिको अध्यक्षमा भोजराज गुरागाई निर्वाचित भएका छन् ।शनिबार भएको निर्वाचनमा उनले आफ्नो प्रतिद्धन्दी टिकादत्त भट्टराई र भगवती प्रसाद घिमिरेलाई पछि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।

गुरागाईले भट्टराईलाई १ मत र घिमिरेलाई १२२ मतले पराजित गरेको हो । त्यस्तै उपाध्यक्षमा सिता बस्नेत, सचिवमा चन्द्र प्रसाद पोखर, कोषाध्यक्ष जिना राई, सह–सचिव जिवन राई, सदस्यहरुमा झलक बहादुर थापा, टेक बहादुर सार्की, तनिसा राई, दिपक खतिवडा, ज्ञानु श्रेष्ठ, तिर्थमाया थापा मगर (शेर्पा) र बुद्धी प्रसाद सिजाल निर्वाचित भएका छन् ।