बलात्कारको मुद्दा लगाएर जेल पठाइदिने धम्की दिएर ठगेको आरोपमा २ जना पक्राउ

पूर्णपुष्टि, पुष ५
बलात्कारको मुद्दा लगाएर जेल पठाइदिने धम्की दिएर ठगी गरेको अभियोगमा सप्तरीबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको खडक नगरपालिका–९ लालपट्टीका ३२ वर्षीय रहमान मियाँ र रुबिना खातुनलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।
रुबिनाले गएको मङ्सिर ३ गते त्यही ठाउँकी समसुल मियाँका पत्नी गुलेसा खातुनलाई फोन गरी समसुलले बलात्कार गरेको र मुद्दा मिलाउन चार लाख रुपैयाँ नदिए मुद्दा हालेर जेल पठाउने धम्की दिएका थिए । रुबिनाले गएको मङ्सिर १० गते बार्गेनिङ गरी एक लाख रुपैयाँ ठगी गरेकी थिइन् । पीडित पक्षले दिएको जाहेरीको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: