Tuesday, April 21News That Matters

बलात्कारीलाई छाड्ने आदेशविरुद्ध उच्च अदालतमा निवेदन

पूर्णपुष्टि, असोज २२

बलात्कारीलाई धरौटीमा छोड्ने जिल्ला अदालत मोरङको आदेशविरुद्ध सरकासी वकिलको कार्यालयले उच्च अदालतमा निवेदन दर्ता गराएको छ ।
घाँस काट्न खेतमा गएकी २३ वर्षीया महिलालाई एक हजार रुपैयाँ दिन्छु । भन्दै करणी गरेको स्वीकार गरेका मोरङको रतुवामाई नगरपालिका–८ कुखुरेडाँडाका काजी भनिने काजीमान श्रेष्ठलाई जिल्ला अदालत मोरङका न्यायाधीश राजकुमार कोइरालाको इजलासले यहि १६ गते एक लाख धरौटीमा पुर्पक्षका लागि छाड्ने आदेश दिएको थियो ।
सो आदेशविरुद्ध उच्च अदालतमा ७३ नम्बर निवेदन दिएको जिल्ला सरकारी वकिलको कार्यालय मोरङले जनाएको छ ।

त्यसैबीच बलात्कार स्वीकार गर्ने व्यक्तिलाई छाड्ने विवादास्पद आदेश दिएका न्यायाधीश कोइरालाको सरुवा भएको छ । बुधबार न्यायपरिषदले कोइरालाको सरुवा गरेको हो ।

बुधबार न्याय परिषदले १ सय १४ जना न्यायाधीशको सरुवा गरेको थियो । सो सरुवा सूचीमा कोइरालालाई मोरङबाट काठमाडौं सरुवा गरिएको छ । कोइरालाको सरुवा नियमित हो ।