
पूर्णपुष्टि, असोज २२
कोरोना भाइरसको संक्रमणबाट रुपन्देहीका एक वडा सदस्यको मृत्यु भएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–५ का वडा सदस्य इन्जिनियर सुवोध तुलाचनको मृत्यु भएको हो ।
भैरहवा स्थित युनिभर्सल मेडिकल कलेजको भेन्टिलेटरमा उनको उपचारको क्रममा हिजोराति तुलाचनको मृत्यु भएको वडाले जनाएको छ ।
४७ वर्षीय तुलाचन नेपाली कांग्रेसका तर्फबाट वडा सदस्यमा निर्वाचित भएको थियो । उनमा यही असोज १३ गते कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । १४ गते श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल लगिएको थियो ।
उनलाई अस्पताल पुर्याउँदा शरीरमा अक्सिजनको मात्रा एकदमै कम थियो । त्यसपछि रेमिडिसिभर औषधि दिएर भोलिपल्ट भेन्टिलेटरमा राखिएको थियो ।
वडा सदस्य तुलाचनको निधनको शोकमा आज वडा कार्यालयको सेवा बन्द गरिएको वडाकार्यालयले जनाएको छ ।

