Tuesday, April 21News That Matters

धरान र बिराटनगरमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु

पूर्णपुष्टि, असोज २२

सुनसरीको धरान र मोरङको बिराटनगरमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।
कोरोना संक्रमण पुष्टि भएपछि घरमै बसिरहेका बिराटनगर महानगरपालिका–५ का ८२ वर्षीय वृद्धको आज बिहान ६ः३० बजेतिर मृत्यु भएको विराटनगर महानगरपालिकाका नगर प्रहरीले जनाएको छ ।

उनलाई यहि १९ गते कोरोना संक्रमण देखिएको थियो । उनमा ज्वरो आउने, श्वास फेर्न गाह्रो हुनेलगायत लक्षण देखिएको थियो । परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि पनि उनी आफ्नै घरमै बसिरहेको थियो ।
त्यसैगरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत सुनसरीको धरान–१० घर भएका ३९ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको छ ।

यहि असोज १२ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी भोलिपल्ट अस्पताल भर्ना भएको थियो । आज बिहान ४ः३० बजे उनको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।