Friday, May 22News That Matters

बलिवुडका चर्चित गायक एसपीको निधन

पूर्णपुष्टि, असोज ९

भारतीय तथा हिन्दी चलचित्रका चर्चित गायक एसपी बालासुब्रमण्यमको निधन भएको छ । ७४ वर्षीय बालासुब्रमण्यमको चेन्नईको एक अस्पतालमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

८० को दशकदेखि लिएर नयाँ शताब्दीको सुरुवातसम्म बालासुब्रमण्यमले हिन्दी चलचित्रमा गीत गाइरहे ।

दक्षिण भारतमा पहिचान बनाइसकेका बालासुब्रमण्यमले सन् १९८१ मा आएको चलचित्र एक दूजे के लिए पहिलो हिन्दी चलचित्रमा कमल हसनको लागि गीत गाए र राष्ट्रिय पुरस्कार जितेका थिए ।

चार फरक–फरक भाषमा– हिन्दी, तमिल, तेलुगु र कन्नडमा बालासुब्रमण्यमले ६ पटक राष्ट्रिय पुरस्कार जितेका छन् । बालासुब्रमण्यमले एकैदिन २१ कन्नड भाषाको गीत गाएर कीर्तिमान बनाएका छन् ।