Friday, May 22News That Matters

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ७० हजार नाघ्यो

पूर्णपुष्टि, असोज ९

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ७० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा एक हजार तीन सय १३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि संक्रमितको संख्या ७० हजार ६ सय १४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा १२ हजार दुई सय ६२ जनाको पीसीआर परीक्षण गर्दा एक हजार तीन सय १३ जनामा सङ्क्रमण देखिएको हो ।

गत २४ घण्टामा एक हजार चार सय ५५ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ५१ हजार आठ सय ६६ जना पुगेको छ ।

अब नेपालमा १८ हजार दुई सय ८९ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै ६ हजार चार सय ६४ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै गत २४ घण्टामा ६ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ भने संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या चार सय ५९ पुगेको मन्त्रालयले जनाएको छ ।