
पूर्णपुष्टि, पुष १९
मोरङको उर्लावारी नगरपालिका–४ आईतवारेमा बसले मोटरसाईकललाई ठक्कर दिंदा चालकको मृत्यु भएको छ । दमक नगरपालिका–४ का ३२ बर्षीय प्रदिप कार्कीको बसको ठक्करबाट मृत्यु भएको हो ।
शनिवार अपरान्ह पौने ५ बजेको समयमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १ ख ६२७८ नम्बरको बसले बिपरीत दिशाबाट आउँदै गरेको मे ६ प ३२६३ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
उक्त दुर्घटनामा मोटरसाईकल चालक गम्भिर घाईते भएका थिए । घाईते कार्कीको उपचारको क्रममा उर्लावारीको अरनिको अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ । मोटरसईकललाई ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
