Thursday, June 11News That Matters

कोरोनाको नक्कली पिसिआर रिपोर्ट बनाएर दुबइ जानलागेको ७ पक्राउ

पूर्णपुष्टि,पुष १९ 

नेपालबाट दुबइ जानको लागि कोरोेनाको नक्कली पिसिआर रिपोर्ट बनाएका ७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सल्यानको खैरागरका दिनेश सिंहलगायत रहेका प्रहरीले जनाएको छ ।

दिनेशको  टोली शनिबार साँझ दुबई जना लागेको थियो । त्यसक्रममा जाँच गर्दा रिपोर्ट नक्कली पाइएपछि उनिहरुलाई प्रहरीले नियन्त्रणमा लिइएको हो ।

यस सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।