Tuesday, April 21News That Matters

बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

पूर्णपुष्टि, साउन २६

झापाको मेचिनगर नगरपालिका–६ पूर्व पश्चिम राजमार्ग स्थित ट्राफिक पोष्ट छेउमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय ४० बर्षीय चेतनाथ फुयाल रहेका छन् ।आज बिहान पौने १० बजे पूर्वबाट पश्चिम तर्फ जादै गरेको बाग्मति प्रदेश ३००१ ख १६०२ नम्बरको यात्रु बाहक बसले बाटो क्रस गर्दै गरेको स्थानिय पैदल यात्रि फुयाललाई ठक्कर दिई घाईते भएका थिए । तत्काल उपचारको लागि बि एण्ड सि अस्पताल बिर्तामोड झापा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो । बस र चालकलाई ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।