बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

पूर्णपुष्टि, मंसिर ८
मंगलबार तनहुँको भन्सारमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा देवकोटा पालुङटार नगरपालिका–४ निवासी सुवर्ण देवकोटा रहेका छन् । उनी चढेको बा४५प २३८ नम्बरको स्कुटरलाई ना६ख ९१३४ नम्बरको बसले ठक्कर दिँँदा गम्भिर घाईते भएका देवकोटाको उपचारको लागी दमौली अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो ।
देवकोटा नेकपा ( माओवादी केन्द्र ) निकट अखिल ( क्रान्तिकारी ) पालुङटार नगर कमिटी संयोजक समेत रहेको इलाका प्रहरी कार्यालय भानुमुकाम तनहुका सइ डम्बर क्षेत्रीले जनाएको छ । बस र चालक प्रहरीको नियन्त्रणमा रहेको र बसलाई ओभरटेक गर्ने क्रममा बसले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: