
भोजपुर, कार्तिक २२ गते ।
भोजपुरको ट्याम्केमैयुममा बसले किचेर सह–चालकको मृत्यु भएको छ । टयाम्केमैयुम गाउँपालिका–२ निबासी २४ बर्षीय बिकाश राईको मृत्यु भएको हो ।
भोजपुरबाट चखेवा चल्ने बा ४ ख ८५५९ नम्बरको बस चखेवामा पुगी पार्किङ गरेको र पार्किङ स्थलमा बसको पछाडीको टायरमा ओट लगाउने क्रममा बस ब्याक भई किच्दा सह–चालकको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
घटनाको थप अनुसन्धान भई रहेको छ भने बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
