
पूर्णपुष्टि,वैशाख २० । उदयपुरको बसाहमा अवस्थित नारद आदर्श शिक्षा क्याम्पसले नयाँ विद्यार्थी भर्ना अभियानलाई तिव्रता दिएको छ । आगामी वैशखा २६ गते देखि देशभरका क्याम्पसहरुमा कक्षा १२ को बार्षिक परिक्षा हुन लाग्दा उक्त परिक्षा सञ्चालन हुनअघि क्याम्पस प्रमखु राजा कुमार राई पुर्व क्याम्पस प्रमुख धुर्व राई, क्याम्पस स्वब्यु सभापती केवल तमाङ, स्वब्यु कोषाध्य्क्ष लोकेश राउत र चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामा,बेलाका नगरपालिका संचालित प्लस टु बिद्यालयमा पुगेर बिधार्थी संग अन्तर्कृया कार्यक्रमको आयोजना गर्दै विद्यार्थीहरुलाई क्याम्पसमा भर्ना हुन आग्रह गरिएको थियो ।
विद्यार्थी भर्ना अभियानमा लागेका नगर प्रमुख लामाले आफु क्याम्पसको अभिभावको हैसियतले विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने अभियान सहित चौदण्डीगढीका सबै प्लस टु विद्यालयमा पुगिसकेको बताएका छन् । त्रिभुवन विश्वबिधालयले प्रदान गर्ने शिक्षा भन्दा गुणस्तरीय शिक्षा प्रदान गर्ने कुरामा बिधार्थीहरुलाई विश्वस्त हुन नारद आदर्श शिक्षा क्याम्पस बसाहाले आग्रह गरे ।
हाल सोही क्याम्पसबाट अध्ययन गरेका बिधार्थी क्याम्पस प्रमुख भएको भन्दै नजिकको क्यामसको माया गर्न र घरको आर्थिक ब्यवहार समेत कम गराउन बिधार्थी भर्ना अभियान अन्तर्गत बिधार्थी संग अन्तर्कृया कार्यक्रम गरिएको नारद आदर्श शिक्षा क्याम्पस बसाहा जनाएको छ ।
अभियानको क्रममा मंगलबार नगर प्रमुख लामा, क्याम्पस प्रमुख राई सहितको टोलि बेलाका नगरपालिकाको प्रभावकरी माद्यामिक बिधालय पोखरे, जनता माद्यामिक बिधालय जहडा लगायतका बिधार्थीहरु संग अन्तर्कृया सम्पन्न गरिसकेका छन् ।
