Tuesday, July 7News That Matters

किराती यलेदोङ र माघे संक्रातिको अवसरमा वसाहाले सांस्कृतिक कार्यक्रम गर्दै

पूर्णपुष्टि, पुष १५ । किरातीहरुको नयाँ सम्वत येलेदुङ ५०८३ र मगरहरुको माघे संक्रातिको अवसरमा चौदण्डीगढी नगरपालिका बसाहा वडा नं ४ ले भव्य सांगितिक कार्यक्रमको आयोजना गर्ने भएको छ । किरात राई यायोख्खा र नेपाल मगर संघ वसाहा ४ को संयुक्त आयोजनामा सांगितिक कार्यक्रम हुने जनाईएको छ ।

कार्यक्रममा स्थानीय तथा ख्याति प्राप्त राष्ट्रिय कलकारहरुले मनोरञजन दिने छन् । नेपालका चर्चित गायीका सत्यकला राई, द भईस अफ नेपाल सिजन ४ का प्रतिस्पर्धि पदम राई र गायक सागर आलेमगर कार्यक्रममा आउने आयोजकले जनाएको छ ।

कार्यक्रमलाई चौदण्डीगढी नगरपालिका वडा नं ४ ले सहयोग गरेका छन् भने रानी सप्लायर्स बसाहा, मदर ब्लेसिङ्ग बोर्डिङ मगरडाँड बसाहा, सजिलो टिपार्टमेन्ट स्टोर बेल्टार, नारद आदर्श माद्यामिक बिधालय बसाहा, मोती मेमोरियल बोर्डिङ बसाहा र आर्गानिक साबुन उधोग बसाहाले प्रायोजन गरेको छ । यता मिडिया पार्टनरहरुमा पूर्णपुष्टि मिडिया, गढीखबर दैनिक, सिम्रिक दैनिक र सरोकार टिभि रहेका छन् ।