
कात्तिक १७ गते ।
दोलखाबाट काठमाण्डौँ जादै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना हुदा मृत्यु हुनेको संख्या १५ पुगेको छ । – दोलखाको मागा देउरालीबाट काठमाण्डौ जाँदै गरेको बा २ ख ७२४५ नम्रबो यात्रु वहाक बस सिन्धुपाल्चोकको सुकुटेमा दुर्घटना हुँदा ज्यान जानेको संख्या १५ पुगेको हो ।
बस सुनकोशीमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ज्यान गुमाएका मध्ये पाँच जनाको सनाखत भएको प्रहरीले जनाएको छ ।
शैलुङ गाउँपालिका–३ निबासी ५१ वर्षीया रत्नकुमारी रावत, ३ महिने शिशु सिसम तामाङ, भीमेश्वर नगरपालिका–९ निबासी २४ वर्षीया रञ्जिता केसी, सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिकाकी २७ वर्षीया चमेली श्रेष्ठ र उनकी छोरी ६ वर्षीया साइरामी श्रेष्ठको ज्यान सनखत भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका ५० जनाको धुलिखेल अस्पताल र सिन्धुपाल्चोकको सिन्धु सदाबहार अस्पतालमा उपचार भैरहेको छ भने घटनास्थलमा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
