
कात्तिक १७ गते ।
सातवटै प्रदेशका प्रदेश प्रमुखहरुलाई सरकारले पदमुक्त गरेको छ । आईतबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पदमुक्त गर्नु भएको हो । संविधानको धारा १६५ को उपधारा १ (ख) बमोजिम प्रदेश प्रमुखहरुलाई पदमुक्त गरिएको हो ।
प्रदेश न. १ का प्रदेश प्रमुख प्रा. डा. गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश न. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ, प्रदेश न. ३ का प्रदेश प्रमुख अनुराधा कोइराला, गण्डकी प्रदेशका प्रदेश प्रमुख बाबुराम कुँवर, प्रदेश न. ५ का प्रदेश प्रमुख उमाकान्त झा, कर्णाली प्रदेशका प्रदेश प्रमुख दुर्गाकेशर खनाल र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मोहनराज मल्ल पदमुक्त भएका हुन् ।
तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ साल माघ ३ गते प्रदेश प्रमुखहरु नियुक्त गरेको थियो ।
