
कात्तिक १८ गते ।
मुलुकको सात ठाउँमा सरकारले सुरुङमार्ग निर्माण गर्ने गरी तयारी थालेको छ । चालू आर्थिक वर्षभित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को काम सकिने गरी सरकार तयारीमा जुटेको हो ।
चित्लाङ, टोखा–छहरे, लामाबगर, सिद्धबाबा, खुर्कोटलगायतका सात स्थानमा सुरुङमार्गको डीपीआर बनाउने काम गरिरहेको छ । हाल डीपीआरका लागि अध्ययनको काम भइरहेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बताउनुभयो ।
यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।
