
कात्तिक १८ गते ।
इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीले चेल्सीलाई पछि पार्दै तालिकाको तेस्रो स्थानमा पुगेको छ । गतराति भएको खेलमा लेस्टरले क्रिष्टल प्यालेसलाई २–० गोलले पछि पार्दै उक्त स्थानमा पुगेको हो ।
खेलको ५७ औं मिनेटमा लेस्टर सिटीको सोयुनकुले गोल गरेको थियो भने ८८ औँ मिनटमा भर्डिले अर्को गोल थप्दै आफ्नो टिमलाई जित दिलाएका थिए ।
जितसँगै तालिकामा २३ अंक बटुल्दै लेस्टर समान अंक भए पनि चेल्सीभन्दा अगाडी रहेको हो ।
