
पूर्णपुष्टि, ९ मंसिर ।
उदयपुरमा शनिवार भएको बस दुर्घटनामा मृत्यु भएको ३ जनालाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुर राखिएको छ । त्रियुगा नगरपालिका ५ देउरीको अन्नपूर्ण बोर्डिङको बस दुर्घटना हुदा चालक सहित एक बालक र एक बालिका घाईते भएको थियो । चालक त्रियुगा नगरपालिका ५ का ४० बर्षिख भिखन चौधरी, सोही ठाउँकी ६ बर्षिया बालिका सन्या चौधरी र ७ बर्षिय बिकाश चौधरीको मृत्यु भएको थियो । गम्भीर घाईते १२ जनालाई भने बिराटनगर रेफर गरिएको छ ।

