बस र जीप एक आपसमा ठोक्किएर दुर्घटना हुँदा २६ जना घाईते

पूर्णपुष्टि, मंसिर २९
कैलालीको पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिका–३ को गोराङ्गेमा बस र जीप एकआपसमा ठोक्किएर दुर्घटना हुँदा २६ जना घाइते भएका छन् ।काठमाण्डौँबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सु।प।प्र। ००२–००१ ख १०८४ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको से १ च १५९३ नम्बरको जीप एकआपसमा ठोक्किदा दुर्घटना भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० वामदेव गौतमले बताउनुभयो ।
उहाँको अनुसार बसमा ३८ जना र जीपमा ३ जना गरेर जम्मा ४१ जना सवार रहेका थिए । जीपमा सवार चालकसहितका ३ जना र बसमा सवार २३ जना गरेर २६जना घाइते भएको प्रहरीले जनाएको छ । घाईतेहरुलाई उपचारको लागी लम्कीकै स्थानीय अस्पतालमा लगीएको छ । बसमा सवार अन्य यात्रुहरु सकुशल रहेका छन् । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: