
पूर्णपुष्टि, असार १२
बहराइनबाट नेपाल एअरलाइन्सको दुई वटा चार्टर्ड उडानमार्फत २ सय ७३ जना नेपाली काठमाण्डौ आईपुगेका छन् ।
पहिलो उडानमार्फत १ सय ४२ जना र दोस्रो उडानमार्फत १ सय ३१ जना काठमाण्डौ आइपुगेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।
दुई जहाज २५ मिनेटको अन्तरमा काठमाण्डौमा अवतरण गरेका हुन् ।
