Tuesday, June 30News That Matters

विषालु च्याउ खाँदा ५ जना बिरामी

पूर्णपुष्टि, असार १२ 

जंगलबाट टिपेर ल्याएको च्याउको तरकारी खाँदा दाङमा ५ जना विरामी परेका छन् ।

तुलसीपुर उपमहागनरपालिका–५ रानीजरुवा निवासी ३५ वर्षकी बिमला बिक, १७ वर्षकी पवित्रा बिक, ११ वर्षका जेनिस बिक, १० वर्षका सुजन बिक र पाहुना लाग्न गएकी सल्यानको छत्रेश्वरी गाउँपालिका–३ पेदीखोला निवासी १७ वर्षकी मनिसा बिक बिरामी परेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङले जनाएको छ ।

गत बेलुकी च्याउ पकाएर खाएलगत्तै बान्ता आउने, वाकवाकी लाग्न थालेपछि  उनीहरुलाई राती नै राप्ती प्रादेशिक अस्पतल लगिएको थियो । उनीहरुको उपचार भैरहेको अस्पतालले जनाएको  छ ।