Sunday, April 26News That Matters

बहिनीबाट भाइटीका लगाउन नहुने हल्ला बारे पञ्चाङ्ग निर्णायक समितिले सार्वजनीक गर्यौ यस्तो वास्तविक्ता

पूर्णपुष्टि,कार्तिक २८

यो बर्षको भाइटीका मंसिर १ गते परेको हुनाले बहिनीको हातबाट टिका लाउन नहुने अफवाहको पछि नलाग्न पञ्चाङ्ग निर्णायक समितिले आग्रह गरेको छ । विभिन्न कारणले अशुभ योग परेको भनेर फैलाइएको सूचनामा कुनै सत्यता नरहेको समितिले स्पष्ट पारेको हो ।

नेपालीहरुको दोसा्रे महान पर्व तिहारलाई मानिरन्छ । यो वर्ष मलमासका कारण केही समय पछि सरेको तिहारको मुख्य दिन भाइटीका मंसिर १ गते परेको छ । सामाजिक सञ्जाल तथा बजारमा अधिकांश मानिसहरुको चर्चाको विषय मंसिरमा दिदीबहिनीबाट दाजुभाइलाई टीका लगाउन नहुने भन्ने हल्लाका कारण धेरैमा अन्योल सिर्जना भएको छ तर यस हल्लामा कुनै वास्तविक्ता  नरहेको समितिले जनाएको छ ।

शुभ योग नरहेको भनेर चलेको हल्लामा पनि वास्तविक्ता नरहेको समितिले जनाएको छ । मध्याह्नमा द्वितीया तिथी परेको दिन यमद्वितीया या भाइटीका मनाउने चलन छ । समितिका अनुसार यसमा कुनै शुभ र अशुभ योगको कुरा नहुने जनाएको छ ।

समितिका अनुसार शास्त्रले मंसिरमा दिदीबहिनीले दाजुभाइलाई टीका लगाउन हुँदैन भन्ने कुनै विधान तय नभएको स्पष्ट पारेको छ । भाइटीकाको दिन निर्धक्क भएर भाइटीका लगाउन पनि समितिले आग्रह गरेको छ ।