Monday, November 11News That Matters
२६ कार्तिक २०८१, सोमबार

बहेडुवा थारु होम स्टेमा बढ्यो आन्तिरिक पर्यटकको आकर्षण

पूर्णपुष्टि, २८ साउन ।
त्रियुगा नगरपालिका १३ मा संञ्चालित बहेडुवा थारु सामुदायीक होम स्टेमा पर्यटक आकर्षित हुँदै गएको छ । बिषेशगरी आन्तरिक पर्यटकहरुको रोजाई बन्दै गएको यहाँ बाह्य पर्यटकहरुको पनि चासो हुन थालेको जनाईएको छ ।
सामुदायीक रुपमा संञ्चालित होमेस्टेमा १५ घरको सहभागीता र संयुक्त लगानी रहेको संञ्चालक समितिका अध्यक्ष भगवान सिंह चौधरीले जनाए ।

चौधरीका अनुसार होम स्टे शान्त र रमयणीय वातावरणमा रहेको छ । परिकारहरुका लागि यहाँ बिषेशगरी थारु परिकारहरु पाईने चौधरीले जनाए । अडर अनुसार सम्पूर्ण थारु परिकार सँगै पाहुनाहरुको इच्छा अनुसारको सबैखाले परिकारहरु उपलब्ध हुने अध्यक्ष चौधरीले जनाए ।

हाल थारु परिकारहरु उसिना चामलको भुजा, बगिया, तेलको रोटी, कचरी, बडी, आलुचोप, आलसको फुलौरी, अण्डी धानको चामलको खिचडी, घँुगी, गंगटा, लोकल कुखुरा, खोलाको माछा, भातको फुलौरी र आर्गनिक खाना सँगै आर्गनिक पिय पदार्थहरु उपलब्ध रहेको छ । यी परिकार पर्यटकहरुले निकै रुचाए सँगै होम स्टेमा पर्यटक बढ्न थालेको हो ।

दुई बर्षअघि देखी संञ्चालनमा आएको उक्त होम स्टेमा अन्य सुविधाहरु थप्ने तयारीमा रहेको प्राविधिक सल्लाहकार उत्तिम चन्द्र चौधरीले जनाए । करिब ४ लाख बढी लगानी भैसेको होम स्टेमा अन्य सुविधाको लागि आर्थिक अभाव रहेको सुनाए । आर्थिक बन्दोवस्त गरेर भवन निर्माण र सास्कृतिक कार्यक्रमलाई समेत जोड्ने तयारी रहेको उनले जनाए ।

होम स्टेबाट प्राप्त भएको दश प्रतिशत आम्दानी सामाजिक कार्यमा खर्च गरेको पनि चौधरीले जनाए । बार्षिक रुपमा गरिएको आर्थिक विवरणको आधारमा आएको सम्पूर्ण आम्दानीको दश प्रतिशत सामाजिक कार्यमा खर्च गर्ने गरेको चौधरीले जनाए । केही समय अगाडी मदन भण्डारी आँखा अस्पताल सँग मिलेर करिब दुई सय जनालाई निशुल्क आँखा सिविर र ३० जनालाई निशुल्क चस्मा वितरण समेत गरेको जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0