Friday, July 3News That Matters

बाँकेमा एक हप्ता लकडाउन हुने

बैशाख ८

बाँकेमा एक हप्ता लकठाउन गर्न जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले सिफारिस गरेको छ ।

डीसीसीएमसीको मङ्गलवार बसेको बैठकले यही वैशाख ९ गतेदेखि अत्यावश्यक सेवा र निर्माण कार्यबाहेक सवै सेवा र काम कम्तीमा सात दिनसम्म प्रतिबन्ध लगाउन वा लकडाउन गर्न प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई सिफारिस गरेको हो ।

जिल्लाभर स्वास्थ्य मापदण्ड पालनाका लागि प्रचारप्रसार गर्ने, स्वास्थ्य उपचार र अत्यावश्यक कामबाहेक सीमा नाकामा आवागमन बन्द गर्ने, पालिकामा आइसोलेसन केन्द्र सञ्चालन गर्ने, मापदण्ड पुगेको होटलमा सशुल्क आइसोलेशन राख्ने बैठकले निर्णय गरेको जनाएको छ ।

त्यस्तै भेरी अस्पताललाई तत्काल आवश्यक अक्सिजन व्यवस्थापनका लागि अनुरोध गर्ने, कोभिड व्यवस्थापनमा आवश्यक भएकाले  जिल्ला समन्वय समितिमा रहेको कोषको रोक्का खाता फुकुवाका लागि अर्थ मन्त्रालयमा अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको जनाएको छ ।

बाँकेमा मङ्गलवार मात्रै दुई सय ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।