Wednesday, June 10News That Matters

१२ औँ राष्ट्रिपति रनिङ शिल्ड खेलकुद स्थगित, उदयपुरबाट छनोट खेलाडीहरुको नामावलीको फोटो सहित

पूर्णपुष्टि, बैशाख ११

नेपालमा दोस्रो चरणको कोरोनाका कारण खेल क्षेत्रमा पनि निकै ठुलो असर परेको छ । यहि बैशाख १० र ११ गते हुन लागेको १२ औँ १ नं प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता स्थगित भएको छ ।

उदयपुर जिल्ला खेलकुद विकास समितिले खेल स्थगित बारे सूचना प्रकाशित गर्दै खेल स्थगित भएको जानकारी गराएको छ । खेलकुद विकास कार्यालय प्रमुख प्रकाशराम राईले सामाजिक विकास मन्त्रालय र पूर्वाञ्चल खेलकुद विकास समितिको प्राप्त सूचना अनुसार खेल स्थागित गरिएको जनाउनुभयो । राईले मन्त्रालय र समितिको सूचना अनुरुप अर्को व्यवस्था नभए सम्मको लागि खेल स्थागित रहने बताउनु भएको छ ।मोरङमा हुन लागेको उक्त खेल कोरोना भाईरसका कारण तत्कालको लागि स्थगित गर्नु पर्ने बारे सूचना जिल्लामा आएको राईले बताउनुभयो । सूचनामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मोरङ लगाएत मुलुकको १४ ओटा जिल्लाहरुलाई कोरोनाको अति जोखिम क्षेत्र घोषणा गरे सँग यो खेल बन्द गर्नु परेको हो ।

मोरङको बिराटनगर आसपास हुने खेलमा सहभागी बाक्लो भिँडभाँडले कोरोना नियन्त्रणमा थप चुनौती हुने भन्दै खेल स्थगित गरिएको सूचनामा जनाइएको छ ।

प्रदेश स्थरीय खेलमा उदयपुर बाट छनोट भएका खेलाडीहरुको नामवलीको फोटो 

१२ औँ राष्ट्रिपति रनिङ शिल्ड प्रदेश स्तरीय खेलको लागि बिभिन्न बिद्यामा उदयपुर बाट ४७ जना खेलाडीहरु छनोटमा परेको छ ।

एथ्लेटिक्स, बवड्डी, भलिवल, उस्सु, कराते, र तेक्वान्दोमा महिला पुरुष दुवै तर्फ गरी ४७ जनाको नाम लिस्ट तयार भएको छ ।एथ्लेटिक्समा ११ जना पुरुष र ११ जना महिला खेलाडीहरु छनोटमा परेको छ । यता कवड्डीमा ९ जना पुरुष र ९ जना महिला छनोट भए भने भलिवलमा ९ पुरुष र ९ महिला छानिएको छ । यसैगरी कराते तर्फ ३ पुरुष र ३ महिला छानिएका छन् । तेक्वान्दोमा पनि ३ पुरुष र ३ महिला छन् भने उस्सु तर्फ पनि ३ पुरुष र ३ महिला छानिएको उदयपुर जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।