
पूर्णपुष्टि, बैशाख ७
पछिल्लो समय क्युआर कोड आर्थिक कारोबारको लागि निकै उपयोगि डिजिटल माध्यम बनेको छ । बिभिन्न आधारहरुले उपयोगी रहेको क्युआर नगद रहित आर्थिक कारोबारको लागि व्यापार व्यवसायमा निकै फलदायी रहेको पाइएको छ । ग्राहकहरुको सुविधा र सुरक्षित कारोबारको उदेश्य सहित ग्लोवल आइएमइ बैँक लिमिटेड गाईघाट शाखाले त्रियुगा नगर क्षेत्रमा रहेको बिभिन्न व्यापार व्यवसायीहरुलाई १५० भन्दा बढी क्युआर कोड हस्तान्तरण गरिसकेको छ । यसै शिलशिलामा मंगलबार गाईघाट शाखाले एक कार्यक्रम बिच अटो सवारी चालकहरुलाई पनि क्युआर कोड हस्तान्तर गरेको छ ।
बैँङकले क्युआर कोड बितरण कार्य काठमाण्डौँमा गरे बाहेक १ नं प्रदेशको गाईघाटमा पहिलो पटक गरेको जनाएको छ । हाल कोरोना भाईरसको जोखिममा समेत क्युआर कोडबाटै सवारी भाडाहरु असुल्न सकिने गरी अटो व्यवसायीहरुलाई पनि क्युआर उपलब्ध गराइएको बैँकले जनाएको छ ।
शाखाले सीटी सफारी यातायात प्रा.लि.बाट सञ्चालित अटो रिक्सा चालकहरूलाई क्यूआर कोड बितरण गर्दै यसको प्रयोग बारे समेत प्रष्ट पारेको छ । ग्लोबल आइएमइ बैँक प्रदेश नं. १ का प्रादेशिक कार्यालय प्रमुख सुभाष सापकोटाले अटो रिक्सा चालकहरुलाई क्यूआर कोड प्रदान गर्नुभयो ।
ग्लोबल आइएमई बैंक गाईघाट शाखा प्रबन्धक रबिनराज दाहालले क्यूआर कोडले छिटो, छरितो र सरल ढङ्गबाट नगद रहित कारोबार गर्नमा सहयोग गर्ने बताउनुभयो ।
उहाँले हाल १५० भन्दा बढी क्युआर कोड वितरण गर्दा यसको प्रयोगमा सकरात्मक पाइएको बताउनुभयो । उहाँले क्यूआर कोडको प्रयोगले वस्तु तथा सेवाको खरिद गर्दा नगद बोक्नुपर्ने र बैंकमा समय बिताउनुपर्ने झन्झटबाट मुक्त हुने बताउनुभयो । दाहालले कारोबारको सुरक्षामा पनि बढावा हुने र कोभिड–१९ को संक्रमणको जोखिम न्युनीकरण हुने कुरा समेत बताउनु भयो ।
यसैगरी अटो चालकहरुले पनि यो बिधि उपयुक्त रहेको बताउनुभएको छ । नयाँ कुरा भएपनि क्युआर बारे जानकारी लिदा निकै प्रभावकारी प्रविधिमय आर्थिक माध्यम रहेको उहाँहरुले बताउनुभयो । सीटी सफारी यातायात प्रा.लि. का अध्यक्ष जय प्रकाश आचार्यले यो प्रविधिलाई सबै अटो रिक्सा चालकहरुले प्रयोगमा ल्याउने बताउनुभयो । यो विधि यात्रु र चालक दुवैको लागि सरल, छरितो र भरपर्दो रहेकाले यसको प्रयोग सबै चालकहरुले गर्ने बताउनुभयो ।
हाल शाखाले कालिका सप्लायर्स, इन्पmोटेक सप्लायर्स, सगरमाथा डिपार्टमेन्ट स्टोर्स, प्रियंका केक उद्योग, डि.एन्. फेन्सी, शुभ लक्ष्मी अटो सेन्टर, पकंज सप्लायर्स, सुमित्रा अटो वक्र्स, एस.के. पेट्रोल पम्प, रियाज सप्लायर्स एण्ड ट्रेडर्स, सगरमाथा आयल डिपो, कृष्ण ट्रेडर्स, अनुसुर्या हार्डवयर्स, परासर ई. ट्रेडर्स, प्रियंका जनरल स्टोर्सलगायत अन्य थुप्रै व्यवसायीक संस्थाहरुलाई क्यूआर कोड हस्तान्तरण गरिसकेको छ ।
ग्लोबल आइएमई बैंकले मुलुक र मुलुक बाहिर गरी सबै क्षेत्र तथा वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७ वटै प्रदेशको ७६ ओटै जिल्लाहरुमा बैंक शाखा विस्तार गरी २२ लाख बढी ग्राहकहरुलाई भरपर्दो सेवा प्रदान गर्दै आएको छ । हाल मुलकभर २७३ शाखा, २४२ एटीएम, २५७ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर, ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट ग्राहकहरुलाई सेवा दिरहेको छ ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भि¥याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।
