
पूर्णपुष्टि/उदयपुर, असोज १० गते ।
उदयपुरका पहाडी भेगका गाउँ घरमा त्यतिकै खेर जाने बाँस आजभोली पैसा बन्न थालेको छ ।
घर, टहरा बनाउन र दाउराको रुपमा प्रयोग गरिने बाँस विक्री हुन थाले पछि आम्दिानीको स्रोत बनेको हो ।
उदयपुरको गाउँ घरका पाखोहरुमा प्रशस्त बाँस पाईने बाँस खरिद गर्न गाउँमै आउन थालेपछि स्थानीयहरुले बाँसबाट वर्षेनी राम्रो आम्दिमी गर्दै आएका छन् । त्रियुगा नगरपालिका १६ सुकौराका मदन बहादुर राउतले बाँस खरिते गाउँघरमै आउने गरेको बताए ।
गाउँमै सय रुपैया घाना बाँस विक्री हुने भएपछि मनग्गे आम्दानी हात लाग्ने उहाँले बताए । सामान्य बाँसको झ्याङबाट पनि बार्षिक १५ हजारसम्म आम्दानी हात लाग्ने र ठूला भ्mयाङ र प्रसस्त बाँस रोपेकाले लाखौं हात पार्ने राउतले बताए ।
गाउँघरमा प्रशस्त पाईने बाँसको विभिन्न सामग्रीहरु डोको, शोली, डालो, नाङ्लो लगायत बनाईन्छ । भने सामान्यरुपमा दाउरा पनि प्रयोग गरिन्छ ।
गोडमेल, मलजल विनै प्रशस्त हुने बाँस पहिले पहिले त्यतिकै सडेर खेर जाने गरेका थिए । तर, यतिबेला विकासको पूर्वधारसँगै सडक गाउँगाउँमा पुग्न थालेपछि बाँसले राम्रो बजार पाउन थालेको हो ।
गाउँमै ट्याक्टर, ट्रक पुग्ने भएपछि पाखो भित्तो र खोलीखोल्सीका डिलहरुमा रोपिएका बाँस शहर बजार तिर पुग्न थालेका छन् । खरितेहरुले साना सडकमा ट्याक्टर लगेर संकलन गर्छन् र मुख्य सडकमा ट्रकमा लोड गरेर लैजाने गर्दछन् । विराटनगर, जनकपुर, काठमाडौं लगायतका शहरहरुमा लैजाने गर्दछन् ।
जस्तो सुकै कामका लागि प्रयोग ल्याउन मिल्ने बाँस बहुउपयोगी छ । बाँस उदयपुरको आठ स्थानीय तहका मधेस पहाड सबैतिर प्रशस्त पाईन्छन् ।
चार गाउँपालिका र चार नगरपालिकाको अधिकांश गाउँहरुमा सडक ट्रयाक पुगेका छन् । ट्रयाक नपुगेका कतिपय ग्रामिण भेगका बाँसहरु भने अझै पनि सडेर खेर गईरहेका छन् ।