Friday, February 7News That Matters

बाँस तथा निगालोको सामान लोक प्रिय बन्दै

पूर्णपुष्टि/उदयपुर साउन १५

उदयपुरमा बाँस तथा निगालोको सामान लोक प्रिय बन्दै गएको छ ।

बाँसबाट विभिन्न आकृति र घरमा प्रयोग हुने अति आवश्यक सामाग्री व्यवसायीक रुपमा उत्पादन हुन नसक्दा लोप हुने अवश्थामा पुगेको छ । पछिल्लो पढिले केहि बाँसको सामान र बाजा प्रतिको मोहले लोक प्रिय बन्दै गएको हो ।

घरेलु तथा साना उद्योग विकास समितिको सहयोगमा बाँस तथा निगालो वस्तु विकास तथा प्रशिक्षण केन्द्र उदयपुरले आत्मनिर्भर होस भन्ने हेतुले दिदै आएको तालिमबाट उत्पादन भएको जनशक्तिले केहि उत्पादन गरेको बाँसको सामान लोक प्रिय हुदै गएको छ ।

२०५७ सालमा स्थाना भएको प्रशिक्षण केन्द्रले एक वर्षमा ४० जना हस्तकला जनशक्ति उत्पादन गर्दै आएको छ । “वस्तु विकास तालिम” शिर्षकमा बजेट केन्द्रले छुट्टै पठाउने भएपनि जिल्ला घरेलु तथा साना उद्योग विकास समितिद्धारा तालिम संचालन गर्दै आएको बाँस तथा निगालो वस्तु विकास प्रशिक्षण केन्द्र उदयपुरका प्रमुख प्रशिक्षक शान्ता राईले बताए ।

बाँस तथा निगालो बाट काँईयो,ठाक्क्रो, विनायो, डालो,नाङ्लो, सोली, पूmल दानी,कोट,टोपी देखि टेवल,कुर्सी,बेड लगायत विभिन्न खालको तालिम प्रदान गर्दै आएको बाँस तथा निगालो वस्तु विकास प्रशिक्षण केन्द्र उदयपुरका प्रमुख प्रशिक्षक राईले बताए ।

हाल बाँस बाट बनेको मायाको चिनो र मुढा बढि प्रयोगमा आए पनि अन्य बाँसको सामान कम प्रयोगमा आएको छ । बाँसका सामानको गुणस्तर र महत्व नबुझी मानिसहरु बजारमा आएको सामान खरिद गरिरहेकाले समाजमा बाँसको महत्व बुझाउनु अहिलेको चुनौति भएकोे जिल्ला घरेलु तथा साना उद्योग विकास समितिको निर्देशक सम्भुप्रसाद शाहले बताए ।

बाँसको सामाग्रीबाट आत्मनिर्भर भई व्यवसायिक रुपमा विकास गरि आर्थिक वर्षमा नगरपालिका, गाउँपालिकाहारु सँग समन्वयन गरि बाँस वस्तु विकास र महत्वको विकास गरि उदयपुरलाई नपालकै एक बाँस वास्तुकलाको केन्द्र बनाउने उद्येश्य लिएको जिल्ला घरेलु तथा साना उद्योग विकास समितिको निर्देशक शाहले बताए ।

तालिम पश्चात उत्पादित बाँको सामाग्रीहरु कोशेली घर गाईघाटले खरिद विक्रि गर्दै आएको छ । कोशेली घरमा हाल एक सय भन्दा बढी आईटमको बाँसको सामाग्रीहरु रहेको कोशेली घर गाईघाट उदयपुरको संचालक रुद्रबहादुर श्रेष्ठले बताए ।

कोशेली घरमा ४–५ वटा जिल्ला बाट बाँस तथा निगालोको सामाग्री आउने गरेको छ । बाँसको सामाग्री दैनिक ५–१० वटा विक्रि हुने मध्य मोढा र मायाको चिनो जस्ता सामाग्री बढी विक्रि हुने गरेको छ । आमदामले दुख साथ घरपरिवार चलाउन पुग्ने कोशेली घर गाईघाट उदयपुरको संचालक श्रेष्ठले बताए ।

कोशेली घरका संचालकले परापूर्वकाल देखि नै बाँसको विभिन्न सामाग्रीकोे रुपमा प्रयोग गर्दै आए पनि नयाँ पिढीले महत्व नबुझे पछि लोप हुदै गएको र अव संग्राहलयमा मात्रै सिमित हुन सक्ने गुनासो गरेको छ ।