बाटो बनाउँदा डोजर पुरियो, ३ जना बेत्ता

पूर्णपुष्टि, पुष २९
बाटो बनाउने क्रममा डोजरनै पुरिएपछि तीन जना मानिस बेपत्ता भएको छन् । धादिङको रुवी भ्याली गाउँपालिकाको तिप्लीङमा बाटो खन्ने क्रममा डोजर पुरिएको हो । सोही डोजरमा सवार चालकसहित तीन जना बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय धादिङका एसपी राकेश सिंहले आज बिहान साढे आठ बजे प्रहरीलाई पहिरोमा तीन जना पुरिएको खबर आएको र उद्धारको लागि टोली परिचालन गरिएको जानकारी दिए । चालक, सहचालक र बाटो समितिका एक जना पुरिएको प्रहरीले जनाएको छ ।
घटनास्थल नजिकको सेर्तुङ प्रहरी चौकी पनि चार घण्टाको पैदल दुरीमा पर्ने भएकाले विस्तृत विवरण आइनसकेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: