Friday, February 7News That Matters

बाढीमा बेपत्ता बालक मृतक फेला

उदयपुर, असार ३१ गते ।

उदयपुरको घट्टामा छौडिया खोलाको बाढीले बगाएर बेपत्ता भएका एक बालक त्रियुगा नदि किनारमा मृत अवस्थामा फेला परेको छ ।

रौतामाई गाउँपालिका – ७ घट्टाको  १४ वर्षीय आर्यन तामाङलाई गत राती आएको बाढीले बगाएर बेपत्ता बनाएका बालक मंगलबार विहान प्रहरीले त्रियुगा नदी किनारमा मृत अवस्थामा फेला पारेको हो ।

गत राती आएको बाढीले घरसँगै बालक र उनको आमा सुनिता तामाङलाई बगाएको थियो । बाढीले बगाएपछि स्थानीय र प्रहरीको सहयोगमा सुनितालाई उद्धार गरेको प्रहरीले जनाएको छ ।

बाढीले बगाएर बेपत्ता बनाएको बालकको खोजतलास गर्ने क्रममा विहान ८ बजे त्रियुगा नगरपालिका–६ मोहनपुरका त्रियुगा नदि किनारमा मृत अवस्थामा बालकको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।