Thursday, July 2News That Matters

बाढी पहिराले मध्य भोटेकोशी जलविद्युत आयोजनामा क्षति

पूर्णपुष्टि, असार २५

गतराति आएको बाढी र पहिरोले निर्माणाधीन मध्य भोटेकोशी आयोजनामा क्षती गरेको छ । बाह्रविसे नगरपालिकाको जबमु बजारसहितका क्षेत्रमा आएको बाढी र पहिरोले मानविय क्षतीसँगै सिन्धुपाल्चोकमा निर्माणाधीन १ सय २ मेगावाटको मध्य भोटेकोशी आयोजनामा ठूलो क्षति पु¥याएको हो ।

भोटेकोशीको बाढीले भन्दा पनि खहरेमा आएको बाढीले आयोजनामा ठूलो क्षति पुगेको आयोजनाले जनाएको छ । खहरेको बाढीले इलेक्ट्रोमेकानिकका सामान राखेका गोदाम घर नै बगाएको भन्ने खबर पाएको र पावरहाउसमा पनि बाढी पसेर क्षति पु¥याएको आयोजनाले जनाएको छ ।

बाढी पहिरोले बाटो पनि बन्द भएको र अवस्था भयावह भएकाले आयोजनास्थलसम्म जान सकेका आयोजना प्रमुख सुनिल लामाले जानकारी दिएका छन् ।

चीनको क्वाङसी हाइड्रो एन्ड इलेक्ट्रिकल कन्स्ट्रक्सनले जिम्मा पाएको आयोजनाको म्याद पटक–पटक थपेर आउँदो डिसेम्बरसम्म पु¥याएको छ । तर यसपटकको बाढीले फेरि ठूलो क्षति गरेकोले समयमा काम नसकिने सम्भावना बढेको छ ।

भूकम्प, पहिरो, बाढी लगायतका कारण मध्य भोटेकोशीको लागत र समय बढदै गएको छ । चिलिमे जलविद्युत आयोजनाले बनाइरहेको यो आयोजनाको लागत १२ अर्ब २८ करोडबाट बढेर १५ अर्ब पुगेको छ । यो आयोजना २०१४ देखि सुरु भएको थियो ।