Sunday, May 24News That Matters

बाढी प्रभावित क्षेत्रमा गृहमन्त्री थापा

पूर्णपुष्टि, भदौ १९

बाग्लुङको ढोपाटन नगरपालिकाको बाढी पहिरो प्रभावित क्षेत्रको गृहमन्त्री रामबहादुर थापा (बादल) सहितको टोलीले स्थलगत निरीक्षण गरेको छ ।

त्यसक्रममा ढोरपाटन नगरपालिका–७, ८ र ९ मा गएको बाढीमा मृत्यु भएका आठ जनाको परिवार र प्रभावितलाई राहत समेत वितरण गरिएको छ ।

बिहीबार मौसमबाट कारण बाढी प्रभावित क्षेत्रमा पुग्न नसकी फर्किएको टोली शुक्रबार बिहान बागलुङका लागि उडेको थियो । टोलीमा गृहमन्त्री थापासहित सांसद देवेन्द्र पौडेल, राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणमा प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेललगायत छन् ।

बाढी प्रभावित क्षेत्रमा पुगेर उनीहरु पोखरा फर्किसकेको र पोखराबाट केहीवेरमा काठमाडौं फर्किने कार्यक्रम रहेको गृहमन्त्री थापाको सचिवालयले जनाएको छ ।

गृहमन्त्री थापासहितको टोली यसअघि पनि राहत लिएर सिन्धुपाल्चोक र अछामको बाढी प्रभावित क्षेत्रमा पुगेको थियो ।