
उदयपुर/असार, ४
उदयपुरको बेलका नगरपालिका स्थित बाढी प्रभावित क्षेत्रहरुमा अनुगम तथा राहत वितरण गरिएको छ । २२ घर जोखिममा परेका मध्ये बेलका नगरपालिका १ नं वडा स्थित पलारटोल र अम्वासीका अति जोखिम घरपरिवारलाई राहत वितरण गरिएको हो ।
बेलका नगरपालिकाका बिभिन्न कटान क्षेत्रहरुको अनुगमन सहित पिडित परिवारहरुलाई व्यवस्थापन गर्न राहत वितरण गरिएको हो । जिल्लाका विभिन्न सम्बन्धित निकायहरु जिल्ला समन्वय समिति, संघसंस्था, नगरपालिका, गाउँपालिका, प्रदेश सदस्य, उद्योग वानिज्य संघ लगाएतका संयुक्त टोलीले अनुगमन तथा राहत वितरण गरेका थिए ।
त्रियुगा नदीले डुवानमा पारेका पलार टोलका सिता श्रेष्ठ, नयन्द्र श्रेष्ठ, रोनी नेवार, वविता श्रेष्ठ, माधव न्यउपाने, सिता देवि श्रेष्ठ, तारा श्रेष्ठ गरी ७ परिवारलाई राहत वितरण गरिएको छ भने अम्वासीमा बिर बहादुर तामाङ, टिका माया राई, रामु लुईटेल, पूर्ण बहादुर विक, लक्ष्मी कार्की, र विष्णु देवी चौधरी गरी ६ घर सहित जम्मा १३ घरपरिवारलाई राहत वितरण गरिएको हो । नदीले वस्ति डुवानमा पारेर घरबार बिहिन अवस्थामा पुगेपछि अन्य ठाउँहरुमा बस्ने र खाने गरिरहेका पिडित परिवारहरुले बताए ।
नेपाल रेडक्रस सोसाईटी, हुरेन्डेक उदयपुर, जाल्पा एकिकृत, र युए.एन.एफ.पिएले पिडित परिवारलाई राहत सामाग्री उपलब्ध गराएका छन् भने नेस्पेक उदयपुरको मानविय सहयोग रहेको छ ।
परिवारहरुलाई तत्कालका लागि आवश्यक सामाग्रीहरु खाद्यन्न, लत्ता कपडा, घरायसी सामग्रीहरु उपलब्ध तथा वितरण गरिएको छ ।
उद्योग वाणिज्य संघले पनि प्रत्येक घरको दरले २२ ओटा झुलको व्यवस्था गरेको छ । २२ परिवारलाई ४४ ओटा झुल संघले उपलब्ध गराएको संघका प्रथम उपाध्यक्ष रमेश रसाईलीले बताए ।
१ नं प्रदेशका प्रदेश सदस्य बिमल कार्कीले प्रभावित परिवारलाई आफ्नो व्यक्तिगत र प्रदेशको तर्फ बाट राहत उपलब्ध गराईसकेको बताए । उनले पिडितको आवश्यकता र माग अनुरुप राहत उपलब्ध गर्न नसके पनि राज्यको व्यवस्थाको माताहतमा रहेको राहत उपलब्ध भईरहेको बताए । कार्कीले देशैभरी नै बाढी पहिरोको विपद् भईरहँदा सबैलाई माग र आवश्यक अनुरुपको सामाग्री उपलब्ध गर्न राज्यको पनि क्षमतामा कम्जोरी रहेको स्वीकार गरे ।
जिल्ला समन्वय समितिका प्रमुख खड्ग परियारले जिल्लाभरीका पिडितहरुलाई एकदुवार प्रणली बाट राहत वितरणको काम अघि बढाइएको बताए । जिल्ला समन्वय समितिको समन्वयमा संघसंस्था, कार्यलयहरुबाट उपलब्ध हुने सबै राहत सामाग्रीहरुलाइ सम्पूर्ण पिडित परिवारहरु समक्ष एकदुवार प्रणाली बाट वितरण भईरहेको बताए ।
बेलका नगरपालिकाले विस्थापित परिवारको डाटा संकलन गरी उपलब्ध सामाग्रीहरु बितरण गरिरहेको नगर प्रमुख दुर्गा कुमार थापाले बताए ।
थापाले नगरले पहिले नै विस्थापित परिवारहरुलाई खाद्यन्न राहत सामाग्रीहरु वितरण गरिसकेको बताउँदै धानमा क्षति पुगेको कारण नगरले तत्काल बिउ उपलब्ध गर्ने पनि जनाए । घरविहिनै परिवारलाई नगरपालिकाले घर बनाई दिने समेत बताएका छन् ।
विस्थापित परिवारहरुको सबै क्षेत्रहरुलाई नियाल्दै व्यवस्थापनमा जोड दिन सम्बन्धित कार्यलयहरु पनि अनुगमनमा उपस्थित थिए । कृषि ज्ञान प्रमुख, जन स्वास्थय प्रमुख, भेटनरी, डिभिजन वन लगाएतका कार्यलयहरु समेत अनुगमनमा उस्थित रहेको थिए । बाढीले कृषि, पशु, मानविय क्षती समेत गरेको भन्दै सम्बन्धित कार्यलयहरुको पनि भुमिका रहका थिए ।