
पूर्णपुष्टि/उदयपुर, मंसीर १६ गते ।
पूर्व प्रधानमन्त्ती एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाम एकताको स्थायी सरकार बनाएरै छाड्ने दावी गर्नुभएको छ । उदयपुरको सदरमुकाम गाईघाटमा शनिबार आयोजित संयुक्त बाम गठबन्धनको बृहद चुनावी आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बाम गठबन्धनको नेतृत्वको स्थायी सरकार बनाएरै छाड्ने दावी गर्नुभएको हो ।

उहाँले स्थायी सरकारबीना देश समृद्धिमा नजाने तर्क राख्दै देशको आवश्यकता अनुरुप बाम एकता गरेको र त्यसले चुनावी परिणाम पनि स्थायी सरकारको ल्याउने बताउनुभयो । उहाँले निर्बाचन विरोधी गतिविधिलाई रोक्न आग्रह गर्दै बम पड्काउदैमा अधिकार प्राप्त नहुने बताउनुभयो ।
जनता नै सार्भमौम सम्पन्न रहेकोले अहिलेको चुनावमा जनताले देशलाई अग्रगतिमा लैजाने बाम गठबन्धनलाई भोट दिएर जिताउन अनुरोध गरे । कांग्रेसको सत्तामा राम्रो सिट नै नहुने भएकोले भोट दिएमा खेरो मात्र जाने भएकोले बाम गठबन्धनका उम्मेदवारलाई नै भोट दिएर मताधिकार प्रयोग गर्न अनुरोध पनि गर्नुभयो ।
कार्यक्रममा प्रतिनिधिसभा तथा प्रदेश सभाका उम्मेदवारहरुले आ आफ्ना प्रतिबद्धतासहितको मन्तब्य राख्दै मतदान गरेको जिताउन अनुरोध गरेका थिए । कार्यक्रममा गाउँगाउँदेखि आएका हजारौंको सहभागिता थियो ।