Monday, November 11News That Matters
२६ कार्तिक २०८१, सोमबार

बाम गठबन्धनका दुई साझा उम्मेदवारको जीत, प्रतिबद्धता पुरा गर्ने विजय उम्मेदवारको उद्घोष (भिडियोसहित)

पूर्णपुष्टि/उदयपुर, मंसीर २२ गते ।

उदयपुरमा मतगणनाको अन्तिम परिणाम आउन थाल्ने क्रममा प्रदेशसभा २ (क) र (ख) मा बाम गठबन्धनका साझा उम्मेदवारहरुले विजय हाँसिल गरेका छन् ।

९ हजार ८ सय ७० मतका साथ प्रेदशसभा २ (क) का गठबन्धनतर्फका उम्मेदवार स्वतन्त्रका नारायणबहादुर बुर्जा मगर विजयी भएको छ । भर्याङ चुनावचिन्हका बुर्जाले ३ हजार ९ सय ३४ मतको फराकिलो अन्तरले निकटतम् प्रतिद्वन्द्वि नेपाली कांग्रेसका भेषबहादुर थापा मगरलाई पराजित गर्नुभएको हो । कांग्रेसका मगरले ५ हजार ९ सय ३४ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै १३ हजार ४ सय ५९ मतका साथ प्रदेशसभा २ (ख) मा गठबन्धनतर्फकी एमालेकी उम्मेदवार कला घलेले विजयी हासिल गर्नुभएको छ । निकटतम् प्रतिद्वन्द्वि कांग्रेसका रामकुमार खत्रीलाई ४ हजार ४ सय ८३ को भारीमतले पछि पार्दै घले विजयी हुनु भएको हो । कांग्रेसका खत्रीले ८ हजार ९ सय ७६ मत प्राप्त गर्नुभएको थियो ।

विजयी दुबै उम्मेदवारलाई २ नम्बर निर्बाचन क्षेत्रका निर्बाचन अधिकृत सन्देशले प्रत्यक्ष निर्बाचनतर्फ सबैभन्दा बढिमत ल्याएर विजयी भएको घोषणा गरी प्रमाण पत्रसमेत प्रदान गर्नुभयो । विजयी उम्मेदवार बुर्जा र घलेले अवका दिनमा चुनावका बेला जनतासंग गरिएको बाचा र प्रतिबद्धताहरु पुरा गर्ने उद्घोष गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0