
पूर्णपुष्टि, भदौ ४
बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । राति भएको खेलमा लियोनलाई ३–० गोलले पछि पार्दै बायर्न फाइनलमा प्रवेश गरेकोे हो ।
बायर्नको जितमा सर्ज गनाब्रीले दुई तथा रोबर्ट लेवान्डोस्कीले एक गोल गरे । अब च्याम्पियन्स लिगको उपाधिको लागि बायर्न र पेरिस सेन्ट जर्मेन (पीएसजी) आउँदो आइतबार खेल्नेछन् ।
पहिलो सेमिफाइनलमा आरबी लेइप्जिगलाई ३–० गोलले पछि पार्दै पीएसजी फाइनल पुगेको थियो ।
