
पूर्णपुष्टि, कार्तिक १३ । बारामा एक बोर्डिङ स्कुलका प्रिन्सिपलमाथि गोली प्रहार भएको छ । बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारमाथि सोमबार दिउँसो करिब सवा १ बजेतिर गोली प्रहार भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुवेर कडायतले जानकारी दिए ।
डिआइजी कुवेरका अनुसार कलैया उपमहानगरपालिका वडा नम्बर ६ मदरसा टोल स्थित मस्जिद चोकमा दुई वटा मोटरसाइकल चढेर आएका चार जनाको समुहले गोली प्रहार गर्दा प्रिन्सिपल स्वर्णकारको टाउको र घाँटीमा गोली लागेको छ । गोली लागेर घाइते भएका स्वर्णकारलाई कलैया प्रादेशिक अस्पतालमा उपचार गराएर थप उपचारका लागि वीरगञ्ज लगिएको छ । गोली चलाउने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
