
उदयपुर, कात्तिक २७ गते ।
देशभर बालिका बलात्कारपछि हत्याको घटना दोहोरिरहेको अवस्थामा उदयपुरमा पनि अर्को त्यस्तै जघन्य घटना घटेको छ । उदयपुरको रौतामाई गाउँपालिका वडा नं. ३ लाफागाउँकी १३ वर्षिया बालिका एल्जिना खड्काको बलात्कारपछि हत्या भएको हो ।
गएको सनिबार घर नजिकैको जंगलमा बाख्रा चराउन गएकी एल्जिनाको जंगलमै बलात्कारपछि हत्या भएको थियो । साँझसम्म पनि घर नफर्किएपछि उनको रातभर खोजि भएको थियो । रातभरमा पनि केही पत्ता नलागेपछि भोलीपल्ट विहानैदेखि घरपरिवार, गाउँलेहरु सयौंको संख्याले खोज्दा दिउसो जंगलको घारीमा सब फेला परेको थियो ।
परिवार तथा स्थानीयले अर्धनग्न अवस्थामा र घाँटी थिचेको, मुखमा न्यापकिन (कागज) मुखमा खाँदेको, शरीरका विभिन्न भागमा निलडाम रहेको अवस्थामा शब फेला परेको र यौनाङ्ग र मलद्वारसमेत छेदन भएको अवस्थामा रहेकाले उनको बलात्कार हत्या भएको दाबी छ । सामुहिक बलात्कार पछि हत्या भएको हुनसक्ने आशंका छ । “घटनास्थल र शबको अवस्था हेर्दा उनको बलात्कारपछि हत्या भएको प्रष्ट हुन्छ ।” स्थानीय कैलास बस्नेतले भन्नुभयो ।
पिडित परिवारले छोरीको हत्यारा पत्ता लगाई कडा भन्दा कडा कारवाहीको माग गरेको छ । “छोरीको बलात्कारपछि हत्या नै भएको हो त्यसैले बलात्कारी हत्यारालाई हदैसम्मको कारवाही होस् ।” मृतककी बुवा दुर्गबहादुर खड्काले भन्नुभयो ।
घटनाबारे स्थानीयबाट खबर पाएपछि आइतबार घटनास्थल पुगेको प्रहरीले घटनास्थल सुरक्षा घेरामा राखेर भोलीपल्ट सोमबार प्रकृति मुचुल्का उठाउनुका साथै पोष्टमार्टमका लागि शब सदरमुकाम गाईघाट ल्याई धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको थियो । शबको मंगलबार पोष्टमार्टम गरी जिल्ला अस्पताल उदयपुरमा लगेर राखिएको छ ।
घटनालाई संकास्पदरुपमा पाएपछि प्रहरीले व्यापक अनुसन्धान बढाउने क्रममा संकास्पद छ जना युवालाई नियन्त्रणमा लिएको थियो । जसमध्ये सोधपुछ, बयानपछि चारजनालाई छाडेको छ भने अनुसन्धानले दुईजना दोषि देखिएपछि थप प्रमाण जुटाउने काम भईरहेको जिल्ला प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले बताए ।
घटनाको पाँचदिन वितिसकेको छ । यसबीचमा प्रहरी अनुसन्धानले गति लिएको र अपराधी नजिक पुगेको प्रहरी स्रोतले जनाएको छ । डिएसपी अर्जुन रानभाटका अनुसार शब पोष्टमार्टमको रिपोर्ट चाडै ल्याउने प्रयास भईरहेको छ भने अन्य प्रमाणहरु जुटाउने काम भईरहेको छ । पोष्टमार्टम रिपोर्ट र अन्य सबै किसिमका प्रमाणहरुबाट अपराधीको एकिन भएपछि सार्बजनिक गरिने उनले बताए । साथै मृतकको शब परिवारलाई जिम्मा दिने प्रक्रियामा रहेको उनले बताए ।
यता मृतकको परिवारले भने प्रहरीको अनुसन्धानकोे चित्त बुभ्mदो रिपोर्ट नआएसम्म शब जिम्मा नलिने जनाएका छन् । प्रहरीको चित्त बुभ्mदो अनुसन्धान र अपराधीलाई कडा कारवाही हुनेभएपछि मात्र शब जिम्मा लिने जनाएका छन् ।
भिडियो रिपोर्ट पनि हेर्नुहोस्