
पूर्णपुष्टि, चैत १
मोरङमा बालिका बलात्कार गरेको आरोपमा एक बृद्धा पक्राउ परेको छ । बालिका बलात्कार गरेको आरोपमा रतुवाई नगरपालिकाका ६६ वर्षीय फौदीलाल मुखिया पक्राउ परेको हो ।
घाँस काट्न गएकी ८ वर्षीया सुस्त मनस्थितिकी बालिकालाई बलात्कार गरेको आरोपमा उनलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बालिकाको विराटनगरस्थित कोसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षणको रिपोर्ट आउन बाँकी रहेको जनाईएको छ ।
घटना शुक्रबार दिउँसो करिब ३ बजे घटेको प्रहरीले जनाएको छ । सुस्तमनस्थितिकी बालिका बोल्न सक्दिनन् । घाँस काट्न उनीसँगै गएका बहिनीहरुले दिदीमाथि करणी भएको देखेपछि घटना बाहिर आएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका वृद्धमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
